घरायसी विवाद हुँदा श्रीमतीले गरिन् श्रीमानको हत्या — OSNepal

घरायसी विवाद हुँदा श्रीमतीले गरिन् श्रीमानको हत्या

LC (KTM) August 29, 2021 0

दाङ १३ भदौ । एक महिलाले आफ्नै श्रीमा न्को हत्या गरेकी छन् ।

जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ सुन्दर टोल निवासी ५६ बर्षीया देवी कुमारी योगीले आफ्नै श्रीमान् खिमलाल पुरीलाई हँसिया र बाँसको लठ्ठी प्रहार गरि आज विहान आइतबार हत्या गरेकी जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

घरायसी विवाद हुँदा आफ्नै श्रमिान्को हत्या गरेको योगीले जनाएकी छन् । हत्या लगत्तै घटना स्थल पुगेको प्रहरीले योगीलाई नियन्त्रणमा लिई थप अनुशन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर