वर्षकै ठूलो वर्षा — OSNepal

वर्षकै ठूलो वर्षा

LC (KTM) August 29, 2021 0

काठमाडौं । दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिए अनुसार सरदरकै आसपासमा वर्षा भएको थियो ।

तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापन केन्द्रमा अति भारी वर्षा भएको देखिएको छ । गोरखापत्र दैनिकमा छापिएको छ ।

अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु,सिन्धुली,चितवन र धनुषाका वर्षा मापन केन्द्र रहेका छन् ।

उनले दिएको जानकारीअनुसार दुई दिनयता सबै भन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापन केन्द्रमा ४३४।२ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर