१७ वर्षीया भागिरथी भट्टको परिवारलाई दुई लाख ७० हजार सहयोग — OSNepal

१७ वर्षीया भागिरथी भट्टको परिवारलाई दुई लाख ७० हजार सहयोग

LC (KTM) August 29, 2021 0

गत वर्ष बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागिरथी भट्टको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

नेपलिज एशोसिएशन अफ भिक्टोरिया ९न्याभ० र मल्टी डाइनामिक रियल स्टेट मेलबर्न ९अष्ट्रेलिया०द्वारा उपलब्ध गराइएको रु दुई लाख ७० हजार ८४० सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदान गर्नुभयो । विकासमा सिर्जनशीलता नेपालको नामक संस्थाको सहकार्य र समन्वयमा उक्त रकम पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।

नेपालिज एशोसिएशन अफ भिक्टोरिया ९न्याभ० अस्ट्रेलियाको भिक्टोरिया राज्यमा रहेका नेपालीहरुको सबैभन्दा पुरानो सामाजिक संस्था हो । यस संस्थाले नेपाली समुदायका लागि आर्थिक, सामाजिक, सांस्कृतिक कार्यक्रम आयोजना गर्नुका साथै कोरोना भाइरसका कारणले विपत्मा परेका नेपाली र अन्य बहुसांस्कृतिक समुदायका मानिसलाई सहयोग पु¥याउँदै आएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर