इंग्लिस प्रिमियर लिग : साउथह्याम्पटन र न्युकासल युनाईटेड तथा एस्टन भिल्ला र ब्रेन्टफोर्ड बराबरीमा , लेस्टरले नर्विचलाई हरायो — OSNepal

इंग्लिस प्रिमियर लिग : साउथह्याम्पटन र न्युकासल युनाईटेड तथा एस्टन भिल्ला र ब्रेन्टफोर्ड बराबरीमा , लेस्टरले नर्विचलाई हरायो

LC (KTM) August 28, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा आज भएको खेलमा लेस्टर सिटीले नर्विच सिटीलाई पराजित गरेको छ। त्यस्तै साउथह्याम्पटन र न्युकासल युनाईटेड तथा एस्टन भिल्ला र ब्रेन्टफोर्ड बराबरी खेलदै अंक बाँडेका छन् ।

आज राति भएको खेलमा लेस्टरले नर्विचलाई एकका बिरुद्ध दुई गोल अन्तरले पराजित गरेको हो।लेस्टरको जितमा जेमी भार्डी र मार्क अल्ब्राइटनले एक एक गोलको योगदान दिए । नर्विचका टिमु पुकीले सान्त्वना स्वरुप एक गोल फर्काए पनि जितका लागि पर्याप्त बन्न सकेन ।

आजको जितसँगै लेस्टरले ३ खेलमा ६ अंक जोडेको छ। नर्विचको भनेर यो लगातार तेस्रो पराजय रहेको छ । त्यस्तै आजै भएका अरु २ खेलमा साउथह्याम्पटनले न्युकासल युनाईटेडसँग दुई दुई गोलको बराबरी खेल्दै अंक बाडेका छन्। यस्तै एस्टन भिल्ला र ब्रेन्टफोर्डले एक एक गोलको गोलको बराबरी खेल्दै अंक साझेदारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर