म्यान्चेस्टर सिटीका डिफेन्डर बेन्जामिनलाई बलात्कारको आरोप, हिरासतमा राखेर अनुषन्धान हुदै — OSNepal

म्यान्चेस्टर सिटीका डिफेन्डर बेन्जामिनलाई बलात्कारको आरोप, हिरासतमा राखेर अनुषन्धान हुदै

LC (KTM) August 28, 2021 0

इंग्लिस क्लब म्यानचेस्टर सिटीका फ्यानहरु लाई दुखद खबर आएको छ । म्यानचेस्टर सिटीका डिफेन्डर बेन्जामिन मेन्डी प्रहरीको हिरासतमा पुगेका छन् । उनलाई बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेको छ ।

प्रहरीले अदालतमा उपस्थित गराएर बेन्जामिनलाई हिरासतमै राखेको बीबीसीले जनाएको छ। फ्रेन्च डिफेन्डर बेन्जामिनले तीन जनालाई बलात्कार गरेको आरोप लागेको छ। त्यस्तै उनी माथि एक जनाले यौन दुर्व्यवहारको आरोप लगाएका छन् ।

हिरासतमा राखेर उनलाई अनुषन्धान गरिरहेको छ । यता सिटीले भने उनलाई बलात्कार र यौन दुर्व्यवहारको आरोप लागेपछि निलम्बन गरिसकेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर