नेपाली भन्दा नपत्याएपछि आफ्नै देशमा ‘बिदेशी हुँ’ भन्दै ढाँटेर गाई पालन गरेर बसेका यमलालको यस्तो छ रुँवाउने कथा (भिडियो हेर्नुस) — OSNepal

नेपाली भन्दा नपत्याएपछि आफ्नै देशमा ‘बिदेशी हुँ’ भन्दै ढाँटेर गाई पालन गरेर बसेका यमलालको यस्तो छ रुँवाउने कथा (भिडियो हेर्नुस)

LC (KTM) August 29, 2021 0

बुटवल साल झण्डीका गोरो वर्णका यमलाल अर्थात एलेक्स खनाल टिकटकमा भाईरल भएसँगै्र शिशिर भण्डारी उनको घरमा पुगेको लिएको अघिल्लो अन्तर्वार्ता सबैले रुचाए । एलेक्सको कामलाई रुचाउँदै सबैले उनको जोश र जागरको खुलेर तारिफ गर्दै सबै नेपालीले बिदेश नगै नेपालमै अवसर सृजना गरी देशमै केहि गर्नु पर्ने सन्देश दिएको बताए । एलेक्स जो जन्मजात अरु भन्दा फरक वर्णका छन्,

अघिल्लो अन्तर्वार्तामा उनले आफुले फरक वर्णका कारण सानो उमेरदेखि आजसम्म धेरैबाट हेला खेपेको बताए । उनले आफ्नो पुराना दिनहरु सम्झिदै आँशु बगाए । एलेक्स यतिबेला २२ वटा गाईपालन गरेर बुटवलका लागि धेरैको प्रेरणा बनेर बसेका छन् ।

यसैबिच शिशिरले उनको गोठको भिडियो पनि ल्याए । आफ्नै देशमा अघिल्लो समय उनी अष्ट्रेलियाबाट आएको भन्दै नेपालमा एजुकेशनल टुरमा रहेको बताउँदै टिकटकमा भिडियो हालेका थिए । धेरैले उनलाई आफ्नै देशमा बिदेशीको पहिचान बनाएको भन्दै नकारात्मक प्रतिक्रिया पनि दिए । तर अवस्थाले गर्दा र धेरैले आफुलाई नेपाली भन्दा नपत्याए पछि त्यसो गरेको एलेक्सले बताए । गोठ घुमाईरहँदा एलेक्सले गाईको पालनले आफु सन्तुष्ट रहेको बताए । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर