सरकारलाई जतिसक्दो छिटो पूर्णता दिने विषयमा देउवा र प्रचण्डबीच छलफल — OSNepal

सरकारलाई जतिसक्दो छिटो पूर्णता दिने विषयमा देउवा र प्रचण्डबीच छलफल

LC (KTM) August 28, 2021 0

काठमाडौं, १२ भदौ । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटघाटमा सरकारलाई चाँडो पूर्णता दिनेबारे छलफल भएको बुझिएको छ । प्रचण्डको सचिवालयले देउवा र प्रचण्डबीचको भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको जानकारी दिएको छ ।

सत्ता गठबन्धनमा सहभागी मध्येको एक तत्कालिन नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले नयाँ दल दर्ता गरेपछि नेताहरु सरकारलाई पूर्णता दिन सक्रिय बनेका छन् ।

गठबन्धनबाट देउवा प्रधानमन्त्री बनेको करिब डेढ महिना पुग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । अहिले देउवा नेतृत्वको सरकारमा कांग्रेसबाट प्रधानमन्त्रीसहित चार जना तथा माओवादी केन्द्रबाट दुई जना मन्त्री बनेका छन् ।

दाहालले यसअघि नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता भएलगत्तै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर