साफ च्याम्पियनसिप अगाडीको मैत्रीपुर्ण खेलका लागि भारतीय टोली सोमबार नेपाल आउँदै — OSNepal

साफ च्याम्पियनसिप अगाडीको मैत्रीपुर्ण खेलका लागि भारतीय टोली सोमबार नेपाल आउँदै

LC (KTM) August 27, 2021 0

साफ च्याम्पियनसिप फुटबलको तयारीका लागि नेपाल लागि रहेको छ । च्याम्पियनसिपकै तयारीको लागि भनेर नेपालले भारत संग मैत्रीपुर्ण खेल खेल्दैछ । यसैक्रममा नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टिम सोमबार नेपाल आईपुग्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फा ले भारतीय टिम अगस्ट ३० अर्थात सोमबार नेपाल आईपुग्ने जानकारी दिएको छ मैत्रीपूर्ण खेलका लागि भनेर नै इन्डिया फुटबल फेडेरेसनले शुक्रबार २५ सदस्यीय टिमको घोषणा गरिसकेको छ ।

भारतका मुख्य प्रशिक्षक इगोर स्टिमेकले कप्तान सुनिल क्षेत्री लगायतका सिनियर खेलाडीलाई समावेश गर्दै टिम घोषणा गरेको हो । मैत्रीपुर्ण खेल २ वटा हुने एन्फाले जनाएको छ । यी दुबै मैत्रीपुर्ण खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

मैत्रीपूर्ण खेल भदौ १७ र २० गते हुने बताइएको छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। साफमा यसपाली ५ देशले सहभागिता जनाउँदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर