काठमाडौँ ११ भदौ । नेकपा (एकीकृत समाजवादी) ले आइतबार संसदीय दलको नेता चयन गर्न आइतबार संसदीय दलको बैठक बोलाएको छ ।
नेकपा एमालेबाट फुटेर नयाँ पार्टीं दर्ता गरेका नेता माधव नेपालको नेकपा एस पार्टीले आफ्नो संसदीय दलको नेता भने चयन गरेको छैन ।
दल दर्ता सग् सरकारमा जाने निणर्य गरेको नेकपा एस पार्टीले मन्त्रालयको टुंगो लागेपछि मा मन्त्री चयन समेत गर्ने भएको छ । आइतबार संसदीय दलको नेता चयन भएपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ ।
नवर्निमित एस पार्टीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद रहेका छन् ।