पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्ट्स छोड्दै , अब कुन क्लब रोज्लान त ? — OSNepal

पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्ट्स छोड्दै , अब कुन क्लब रोज्लान त ?

LC (KTM) August 27, 2021 0

फुटबलका दुई एकदमै चर्चित स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीका बारेमा केही नयाँ कुरा आयो कि बिश्व हल्लिने गरेको छ । पछिल्लो पटक लामो समय सम्म बार्सिलोनामा बसेर आफ्नो खेलको जादु देखाएका मेस्सी पीएसजीमा पुगेका छन् ।

अब अर्का खेलाडी रोनाल्डोले पनि नयाँ क्लब खोजिरहेको समाचार बाहिर आएको छ । उनले युभेन्टस् छोड्न लागेका हुन् । पोर्चुगिज फरवार्ड रोनाल्डोले युभेन्ट्स छाड्ने पक्का भएको युभेन्ट्सका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले पुष्टि गरेका छन्।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक एलेग्रीले रोनाल्डोले क्लब छाड्ने पुष्टि गरेका हुन्। रोनाल्डो एम्पोलीविरुद्धको खेलमा समेत नदेखिने प्रशक्षिकको भनाई छ । रोनाल्डो आफैले प्रशिक्षकलाई अब युभेन्ट्सका लागि नखेल्ने बताएका हुन् । एलेग्रीका अनुसार युभेन्टसमा तीन वर्ष बसेर रोनाल्डोले अब नयाँ क्लबको खोजी गरिरहेका छन् ।

उनी शुक्रबार टिमको प्रशिक्षणमा समेत सामेल भएनन् । रोनाल्डो प्रशिक्षण केन्द्र पुगेर सहकर्मीसँग बिदा समेत मागि सकेको बताइएको छ । उनी कुन क्लबमा आबद्ध हुने भन्ने कुरा बाहिर आईसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर