दुई दिनदेखि लगातार परेको वर्षाले पहिरो जाँदा –जोरायल सडक अवरुद्ध — OSNepal

दुई दिनदेखि लगातार परेको वर्षाले पहिरो जाँदा –जोरायल सडक अवरुद्ध

LC (KTM) August 27, 2021 0

दुई दिनदेखि लगातार परेको वर्षाले पहिरो आउँदा जिल्लाको बुडर–जोरायल सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार जोरायल गाउँपालिका–२ विछल खोलामा आज बिहान पहिराले उक्त क्षेत्रको सवारी आगमन पूर्णरुपमा अवरुद्ध भएको हो ।

पहिराका कारण छहरा ९झरना० हेर्नका लागि तराईबाट आएका सयौँ सवारी साधन तथा यात्रु बीचबाटोमै अलपत्र परेको स्थानीयवासी डम्बर बोहराले जानकारी दिनुभयो । उक्त सडक सञ्चालनका लागि दुई वटा जेसिबि मेसिन प्रयोग गरिएको भएपनि वर्षा नरोकिएकाले सडक चलाउन नसकिएको इलाका प्रहरी कार्यालय बुडरले जनाएको छ । बुडर जोरायल सडकका विभिन्न ठाउँमा पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको जोरायल गाउँपालिका–२ पात्ताडाका स्थानीय रोहित बोहराले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर