मकवानपुरमा यस्तो अबस्तामा फेला परे २२ वर्षीय अर्जुन र रामचन्द्र — OSNepal

मकवानपुरमा यस्तो अबस्तामा फेला परे २२ वर्षीय अर्जुन र रामचन्द्र

LC (KTM) August 27, 2021 0

मकवानपुर प्रहरीले शक्रबार ४४ किलो लागुऔषध गाँजासहित मकवानपुर मनहरी गाउँपालिका–५ डिल्लिपुर बस्ने २४ वर्षीय रामचन्द्र मोक्तान र २२ वर्षीय अर्जुन लोप्चनलाई पक्राउ गरी सार्वजनिक ।

लोसपाले वातावरण बने सरकारसँग सहकार्य गर्ने-लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्त ठाकुरले आफ्ना माग सम्बोधनको वातावरण बनेमा सरकारसँग सहकार्य हुने सङ्केत गर्नुभएको छ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयको उद्घाटन तथा झण्डोत्तोलनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष ठाकुरले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने विषयमा अहिले औपचारिक छलफल नभएको र सरकारले पनि कुनै प्रस्ताव नपठाएको बताउनुभयो ।

अध्यक्ष ठाकुरले पार्टी दर्ता नै भर्खर भएकाले सरकारमा सहभागीताका विषयमा छलफलपछि निर्णय गरिने प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पार्टी भर्खर दर्ता भएको छ । सरकारले बोलाएर सोध्छ, अनि कुरा राख्छौँ, त्यसपछि सरकारमा जाने या नजाने कुरा आउछ ।”

लोसपाका कार्यकारिणी सदस्य केशव झाले अध्यक्ष ठाकुरको भनाइ उद्धृत गर्दै माग सम्बोधन हुने अवस्था भए र प्रधानमन्त्री देउवाले सरकारमा सहभागिताका लागि प्रस्ताव गरेको खण्डमा छलफल गरेर निर्णय गरिने बताउनुभएको छ । चुनावी तालमेल गर्ने वा नगर्ने विषयमा पनि पार्टीले धारणा तय गरिनसकेको स्पष्ट पार्दै अध्यक्ष ठाकुरले आफूहरु सत्तारुढ गठबन्धनमा नभएकाले चुनाव घोषणा भएपछि त्यस विषयमा पनि विचार गरिने धारणा राख्नुभयो ।

निर्वाचन आयोगबाट यही बुधबार नयाँ दलको मान्यता पाएको सो पार्टीले औपचारिकरुपमा कार्यालय शुरु गरेको हो ।

पार्टी कार्यालय उद्घाटन तथा झण्डोत्तोलनमा लोसपाका अध्यक्षसहित वरिष्ठ नेताद्वय राजेन्द्र महतो र शरत्सिंह भण्डारीलगायत कार्यकारिणी समितिका सदस्य तथा नेता कार्यकर्ताको उपस्थिति थियो । यसअघि उक्त कार्यालय राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) स्थापनाताका सञ्चालनमा थियो । यसैबीच बदलिदो परिस्थितिमा समसामयिक विषयमा पार्टीको धारणा बनाउन लोेसपाको कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर