काठमाडौँ ११ भदौ । सर्वोच्च अदालतले संवैधानिक परिषदसम्बन्धि अध्यादेशका साथै त्यससँग सम्बन्धि
त नियुक्तिविरुद्ध परेको रिटको पेशी आउँदो शुक्रबार भदौ १८ गतेलाई तोकेको छ । करिब ८ महिनापछि पेशी चढेको मुद्धामा सहजताका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरा भने अन्तिम सुनुवाईका दिन बिदामा बस्ने भएका छन् ।
उक्त मुद्धा वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीले कायममुकायम प्रधानन्यायाधीशका हैसियतले संवैधानिक इजलासको नेतृत्व गरी अन्य ४ न्यायाधीश तोक्नेछन् ।