जिउँदै मानिसलाई इट्टाभट्टा जलाएका सत्तारुढ दलका नेता आलमको मुद्दाको सुनुवाई रोकियो — OSNepal

जिउँदै मानिसलाई इट्टाभट्टा जलाएका सत्तारुढ दलका नेता आलमको मुद्दाको सुनुवाई रोकियो

LC (KTM) August 27, 2021 0

काठमाडौँ ११ भदौ । पटक पटक पेशी तोकेर सुनुवाई रोकिएको सत्तारुढ दल नेपाली कांग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दाको सुनुवाई आज पनि रोकिने भएको छ ।

आज पनि विपक्षी कानुन व्यवसायीले सुनुवाई रोक्न माग गरेसँगै सुनुवाई रोकिने भएको हो । आलमको मुद्धाको सुनुवाई गर्न सर्वोच्च अदालतले न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकेको थियो ।

कांग्रेसबाट रौतहट जिल्लामा प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका आलमले करिब दुई दर्जन मानिसलाई जिउँदै इट्टा भट्टामा जलाएको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर