तास खेलिरहेको अवस्थामा मोटो रकम सहित १९ जना पक्राउ — OSNepal

तास खेलिरहेको अवस्थामा मोटो रकम सहित १९ जना पक्राउ

LC (KTM) August 27, 2021 0

काठमाडौं, ११ भदौ-ललितपुर, महालक्ष्मी नगरपालिका-३ महर्जन चोक बस्ने सुनिल महर्जनको घरमा अवैध रुपमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३२ वर्षीय अनिल महर्जन लगायत ११ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख ३८ हजार १ सय ८५ रुपैयाँ सहित पक्राउ गरेको हो ।

कास्की, पोखरा महानगरपालिका-३ नदिपुर बस्ने ३७ वर्षीया एकमाया रानामगरको घरमा तास खेलिरहेको अवस्थामा एकमाया लगायत ८ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा जुवातास खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५६ हजार १ सय ३० रुपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर