काठमाडौँ ११ भदौ । सत्तारुढ दल नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशनको लागि ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेको छ ।
उक्त तोकिएको जिल्ला निर्वाचन प्रतिनिधिलाई कांग्रेसले भदौ १८ गते हुने वडा अधिवेशन र जिल्ला अधिवेशनसमेतको निर्वाचन गर्न कार्य क्षेत्रसहित प्रतिनिधि खटाएको हो ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको जानकारी अनुसार ३८ जिल्लामा आफुले जिम्मेवारी पाएको निर्वाचन अधिकृतहरू आजैबाट जिल्लामा जाने भएका छन् ।
यसरी तोकिएका अधिकृतमा प्राय सबै कानुन व्यवसायीहरू रहेको र केहि भने प्राध्यापक र नेपाल शिक्षक संघका प्रतिनिधि समेत रहेका छन् ।
निर्वाचन समितिका संयोजक यादवले बताए अनुसार भदौं १८ गतेदेखि वडा अधिवेशन शुरु गर्ने कार्य तालिकाअनुसार निर्वाचन समितिले ३८ जिल्लामा निर्वाचन प्रतिनिधि तोकेर हामीले पठाउनुका साथै बाँकी जिल्लामा पनि केही दिनभित्रै तोकिने छ ।