करोडौँ मूल्य पर्ने ९ केजी बुद्धचित्तको दाना सहित रोज बहादुर पक्राउ — OSNepal

करोडौँ मूल्य पर्ने ९ केजी बुद्धचित्तको दाना सहित रोज बहादुर पक्राउ

LC (KTM) August 27, 2021 0

ललितपुर, ११ भदौ- ललितपुर महानगरपालिका-२ सानेपा कालोपुलबाट  करोडौँ मूल्य पर्ने  ९ केजी बुद्धचित्तको दाना सहित काठमाडौं स्वयम्भू बस्ने काभ्रेपलान्चोक तेमाल गाउँपालिका-९ ठेगाना भएका २९ वर्षीय रोज बहादुर तामाङलाई सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ज ३६०७ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर