काठमाडौं- भारतमा समुद्री आँधीमा फेरी डुब्दा ९० जना बे पत्ता भएका छन् । समुद्री तुफान ताउक्तेमा परि एउटा फेरी डुब्दा ९० जना बे पत्ता भएको समाचारमा जनाइएको छ । कम्तिमा २ सय ७० जना सवार फेरी दु र्घटना हुँदा समुद्रमा डुबेकामध्ये १ सय ७७ जनालाई उद्धार गरिएको भारतिय जलसेनाले जनाएको छ ।
वि ध्वंशकारी आँधी र समुद्री छालहरुले तटिय शहर मुम्बई नजिक एउटा फेरी डुबाएको थियो । वे पत्ता भएकाहरुको खोजी कार्य जारी छ । सय ७० किलोमिटर प्रतिघण्टको बेगमा हुँइकिएको आँधीले गुजरातमा मात्रै २० जनाको ज्यान लिएको थियो ।
यो पनि पढ्नुहोस-अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कर विवरण सार्वजनिक गर्ने चलनलाई पुनः स्थापित:अमेरिकी राष्ट्रपतिको परम्परा नै बनेको कर सम्बन्धी विवरण सार्वजनिक गर्ने चलन राष्ट्रपति बाइडेनले पुनः शुरू गर्नुभएको छ ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आय विवरण र करसम्बन्धी जानकारी सार्वजनिक गर्न नमानेपछि तोडिएको अमेरिकी यो परम्परालाई तोडेको भन्दै अमेरिकामा ट्रम्पका आलोचकहरूले उहाँको विरोध गरेका थिए ।
राष्ट्रपति बाइडेनले गत वर्षको डेढ लाख अमेरिकी डलर आयकर तिर्दै करसम्बन्धी परम्परालाई ब्युताउनुभएको हो । गतवर्षको सार्वजनिक गरिएको आयकरमा राष्ट्रपति बाइडेन र प्रथम महिला डा। जिल बाइडेनले ६ लाख सात हजार ३३६ डलर आय गरेको र यस बापत उहाँहरूले एक लाख ५७ हजार ४१४ डलर कर तिरेको जनाइएको छ ।बाइडेनको आयको स्रोत भने अधिकांश रुपमा भाषण, पुस्तक बिक्री र उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा रहेको पदबाट प्राप्त भएको पनि जनाइएको छ । सन् २०१९ मा भने उहाँहरुको आय ९ लाख ८५ हजार २२३ रहेको पनि विवरणमा उल्लेख छ ।
त्यसैगरी उपराष्ट्रपति कमला ह्यारिस र उहाँका पति डग एमहोफको पनि आफ्नो आयकर चुक्ता गर्नुभएको छ । सन् २०२० मा १६ लाख ९५ हजार २२५ डलर आय भएको र त्यसबापत छ लाख २१ हजार ८९३ डलर कर तिरेको विवरणमा जनाइएको छ ।