दार्चुला घटना: भारतको दबावमा देउवा सरकार, प्रतिवेदन आउनेमै आशंका ! — OSNepal

दार्चुला घटना: भारतको दबावमा देउवा सरकार, प्रतिवेदन आउनेमै आशंका !

LC (KTM) August 27, 2021 0

काठमाडौं । बिहीबार प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित गृहमन्त्री बालकृष्ण खाँणलाई पनि सांसदहरुले प्रश्न गरे खोई दार्चुला घटनाको छानविन समितिको प्रतिवेदन ? १० दिनको प्रतिवेदन दिने गरी बनाएको छानबिन समितिको प्रतिवेदन ३० दिनसम्म किन आएन ? जवाफमा गृहमन्त्री खाँणले भने ‘छानबिन समितिमा रहेका दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट आफन्तको उपचारका निम्ति भारतको दिल्ली जानु भएको छ । उहाँले अझै २÷४ दिन आफू भारतमै रहने जानकारी इमेल मार्फत गराउनु भएको छ ।’ समितिका अर्का सदस्य राष्ट्रिय अनुसन्धान विभागका निर्देशक हुतराज थापाले आफन्तको निधन भएका कारण बिदामा बस्दा प्रतिवेदन तयार हुनमा ढिलाइ भएको उनले बताए । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

दुई सदस्य बिदामा बसेकै कारण छानबिन समितिको म्याद थपिएको भन्दै गृहमन्त्री खाँणले भने, ‘हिजो केही समय थप गरेका छौं र हामीलाई विश्वास छ उहाँहरुले सत्यतथ्य छानबिन गरेर तथ्यकै आधारमा रिपोर्ट बुझाउनु हुनेछ ।’ गृहमन्त्रीको जवाफ सांसदहरुले पत्याएनन् । ‘छानबिन समितिले काम गर्दै थियो । एउटा दिल्ली भागे, अर्को कहाँ‘’ एमाले सांसद पण्डित भन्छन्, ‘तीन पटक म्याद थपिसक्नुभयो । फेरि कति म्याद थपिनुपर्ने हो रिपोर्ट आउन ?’ सत्तारुढ दल माओवादी केन्द्रकी सांसद रेखा शर्माले छानबिन समितिका सदस्य बिदामा बसेका कारण प्रतिवेदन आउन ढिला भयो भन्न नमिल्ने बताइन् । अरु सदस्यहरुले पनि दुई देशको सिमानामा भएको घटनाको छानबिनका लागि गठित समितिका सदस्यलाई घर बिदामा बस्न दिन मिल्छ भन्दै प्रश्न गरे ।

गृहमन्त्रीले भने प्रष्ट जवाफ दिएनन् । ‘छानबिनलाई तीव्रता दिन्छौं र प्रतिवेदन यथाशीघ्र आउनेछ भन्ने विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु’, उनको जवाफ छ । छलफलपछि राज्यव्यवस्था समितिले दार्चुला घटनाबारे ‘कूटनीतिक पहल गरी दोषीलाई कारबाही गर्नु’ सरकारलाई निर्देशन दिने निर्णयको ड्राफ्ट तयार पा¥यो । समितिकी सभापति शशि श्रेष्ठले प्रस्तावको मस्यौदा पढेर सुनाइन् ।

तर गृहमन्त्री खाँणले ‘कूटनीतिक पहल गरी दोषीलाई कारबाही गर्नू’ भन्दा दोषी पत्ता लागिसकेको भन्ने अर्थ लाग्ने भएका कारण यसरी किटान गरेर समितिले निर्देशन दिन नहुने बताए । जवाफमा समिति सभापति र समिति सदस्यहरुले छानबिनमा रहेको विषयमा किटान गर्ने समितिको मनसाय नरहेको बताए । तथापि कूटनीतिक पहल नगरी यो समस्या समाधान नहुने भएकाले समितिले कूटनीतिक पहल गर्नू भनेर सरकारलाई निर्देश गर्नुपर्ने बताए । समिति सभापति श्रेष्ठले सरकारलाई सहयोग गर्ने आफूहरुको मनसाय रहेको भन्दै ‘आवश्यक कूटनीतिक पहल गर्नू’ भन्ने लेख्ने प्रस्ताव गरिन्, जुन पारित भयो । समितिले दार्चुला घटनाबारे यथाशीघ्र छानबिन प्रतिवेदन सार्वजनिक गर्न र घटनाको सम्बन्धमा आवश्यक कूटनीतिक पहल गर्न’ निर्देशन दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर