आफ्नै श्रीमतीलाई एसिड प्रहार गर्ने सञ्जीवलाई अदालतले सुनायो १० वर्ष ६ महिना कैद सजाय — OSNepal

आफ्नै श्रीमतीलाई एसिड प्रहार गर्ने सञ्जीवलाई अदालतले सुनायो १० वर्ष ६ महिना कैद सजाय

LC (KTM) August 26, 2021 0

जनकपुरधाम १० भदौ । आफ्नै श्रीमतीलाई एसिड प्रहार गर्ने एक पुरुषलाई १० वर्ष ६ महिना कैद सजाय भएको छ ।

जिल्लाको उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहले आफ्नै पत्नी आरती साहमाथि २०७७ कात्तिक २९ गते दीपावलीको दिन एसिड आक्रमण गरी घाइते बनाएका थिए ।

उनकी श्रीमती आरती साहलाई भने ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने भएको छ । पिडितलाई दिएको क्षतिपुर्ती सरह अपराधीले पनि जरिवाना तिनुपर्ने भएको छ ।

आज धनुषा जिल्ला अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीवलाई कैद र जरिवाना तोक्ने आदेश दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर