कोरोना संक्रमणबाट बिहिबार २६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १० हजार ६३८ पुग्यो — OSNepal

कोरोना संक्रमणबाट बिहिबार २६ जनाको मृत्यु, मृत्यु हुनेको संख्या १० हजार ६३८ पुग्यो

LC (KTM) August 26, 2021 0

काठमाडौं । नपालमा बिहिबार २४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको १४ हजार ३७४ को परीक्षणमा २४३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज १९२९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट १० हजार ६३८ जनाको मृत्यु भएको छ ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ७ लाख ५४ हजार ९१५ र एन्टिजेन विधिबाट ८१ हजार ९६८ जना पुगेको मन्त्रालयको भनाई छ । देशभर ३८ हजार ३८४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्ला दिनमा कोरोना संक्रमणको संख्या बढीरहेको भएता पनि सावधानी नअनाइएका कारण जोखिम बढीरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर