काठमाडौं १० भदौ । नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले नेकपा फुट्दा केपी शर्मा ओलीले खुशियाली मनाएका बताएका छन् ।
नयाँ दल दर्ता गरेसँगै पहिलो पटक पत्रकार सम्मेलन गरेका अध्यक्ष नेपालले पार्टी फुट्दा ओलीले भोज गरेर खुशीयाली मनाउको बताएका हुन् ।
दुई पटक सम्म संसद विघटन गरी पार्टी फुटाउन लागि परेका ओली प्रतिगमनकारी हुन् । ओलीले कम्युनिस्ट सिद्धान्त छाडिसकेकोले ओली अहिले दक्षिणपन्थी अवसरवादको भाँसमा फसेको समेत पत्रकार सम्मेलनमा बताएका छन् ।
अध्यक्ष ओलीले आफ्नी पत्नी राधिका शाक्यको जन्मदिनमा निजी निवास बालकोटमा केहि व्यत्तिहरुमाझ नाचेर खुसीयाली मनाएका थिए ।