१२ जना कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय बन्द — OSNepal

१२ जना कर्मचारीमा कोरोना देखिएपछि मालपोत कार्यालय बन्द

LC (KTM) August 26, 2021 0

मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९को सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ ।कार्यालयमा रहेका १२ कर्मचारीमा एण्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताउनुभयो ।

कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्नेजस्ता लक्षण देखिएपछि स्थानीय गह«ौं प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उहाँको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर