कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन — OSNepal

कोभिड–१९ को नक्कली रिपोर्ट बनाउने कर्मचारीमाथि छानबिन

Kesh Karki (USA) August 26, 2021 0

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को परीक्षणको नक्कली रिर्पोेट बनाइदिने शहीद गङ्गालाल हृदय रोग केन्द्र कर्मचारीमाथि छानबिन सुरु गरेको छ ।मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड–१९ को नक्कली रिपोर्ट बनाएको आरोपमा छानबिन सुरु गरेको हो । सर्वसाधारणले उजूरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो ।

मन्त्रालयले केन्द्रका सञ्चालक समिति विजय राई संयोजक र मन्त्रालयका उपसचिव मानबहादुर बस्नेत र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ डा शङ्कर काफ्ले सदस्य रहेको तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । मन्त्रालयका उपसचिव बस्नेतले यादवले कोभिड–१९ को नक्कली रिपोर्ट बनाई सर्वसाधारणसँग रकम असुल्ने गरेको बताउनुभयो ।यादवले नक्कली कागजात बनाउने, केन्द्रको लेटरप्याडको दुरुपयोग गर्ने, बिना परीक्षण रिपोर्ट निकाल्ने गरेको पाइएको उहाँले जानकारी दिनुभयो । “केन्द्रको ल्याब कक्षमा बसेर नक्कली रिपोर्ट बनाउनका लागि बार्गेनिङ गर्ने गरेको पनि पाइयो”, उहाँले भन्नुभयो, “स्वाबको परीक्षण नगरिकन यादवले रिपोर्ट बनाउने गरेको देखियो ।”

उपसचिव बस्नेतका अनुसार विदेश जानेको सङ्क्रमण देखिए यादवले रकम लिएर रिर्पोटलाई नेगेटिभ पनि बनाउनेसमेत गरेको पाइएको छ । यादवलाई यसअघि पनि पटक–पटक स्पष्टीकरण सोधिएको उहाँले जानकारी दिनुभयो । यादवलाई गङ्गालाल को सेवा सर्त नियमावली अनुसार भविष्यमा हृदय रोग केन्दको सेवामा अयोग्य ठहर गर्दै बर्खास्त गर्ने गरी विभागीय सजाय गर्न सञ्चालक समितिलाई सिफारिस गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर