काठमाडौं १० भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले गठवन्धन सरकार सहभागी हुने बताएका छन् ।
निवार्चन आयोगले दलको मान्यता दिएसँगै पहिलो पटक पत्रकार सम्मेलन गरेका अध्यक्ष नेपालले अब पाँच दलीय गटबन्धनलाई अगाडि लैजान चाहेको बताउँदै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका हुन् ।