जनकपुरधाम १० भदौ । एसिड पिडितलाई प्रदेश २ सरकारले आर्थिक सहयोग गरेको छ ।
मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित आरती साहलाई पाँच लाख रुपैयाँ दिन घोषणा भए अनुसार आज साहलाई चेक हस्तान्तरण भएको हो ।
हस्तान्तरण कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साह सहभागी भएका थिए ।