पहिराले थुनेको रघुगङ्गा नदी भरिएर बग्न थाल्यो — OSNepal

पहिराले थुनेको रघुगङ्गा नदी भरिएर बग्न थाल्यो

Kesh Karki (USA) August 26, 2021 0

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको रायखोरमा बुधबार राति खसेको पहिराले नदीको पानी थुनेकामा अहिले भरिएर बग्न थालेको छ । रायखोर र मूलपानीको बिचमा रहेको पाखो खसेर नदी थुनेकाले त्यहाँ तलाउ बनेको थियो । गाउँपालिकाको वडा नं. ६ र ७ को गौँडामुनी भन्ने ठाउँमा बुधबार थुनिएको नदी आज बिहानदेखि भरिएर बग्न थालेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिनुभयो ।अहिले यहाँ ५०० मिटरभन्दा लामो ताल बनेको छ । ताल फुटेमा तटीय क्षेत्रमा रहेका बस्तीमा असर पर्ने र पहिरो निरन्तर खसिरहेकाले थप जोखिम हुनसक्ने चिन्ता उहाँको थियो । धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगङ्गा कालीगण्डकी नदीको सहायक नदी हो ।

नदी थुनिएको स्थानको वरपर अहिले जलमग्न भएको छ ।गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने वित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ भन्नुभयो । नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन अवस्थामा छ भने नदीको तटीय क्षेत्रमा गलेश्वर बजार पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर