भारतकी चर्चित कलाकार रुबिनालाई के भयो यस्तो — OSNepal

भारतकी चर्चित कलाकार रुबिनालाई के भयो यस्तो

LC (KTM) May 19, 2021 0

टेलिभिजनकी चर्चित बुहारी तथा बिग बोसकी यस सिजनकी बिजेता रुबीना दिलैक यस महिना कोरोना बाट संक्रमीत भईन् । यसको जानकारी उनले इन्ष्टाग्राम मार्फत दिएकी थिईन् ।

अहिले उनले एउटा भिडियो सार्वजनिक गरेकी छिन् जसमा उनले एकदमै इमोश्नल भएर रुदै केही बताईरहेको देख्न सकिन्छ । उनले यस भिडियोमा कोभीड १९ को रिकभर जर्नीका बारेमा बताएकी छिन् ।

उनले भिडियोमा यो बताएकी छिन् कि उनको रैपिड एन्टिजेन टेस्टमा कोरोना पोजेटिभ आयो भनेर । उनले आफुलाई एकदमै भाग्यशाली बताएकी छिन् ।

उनले आफ्नो परिवार तथा शुभचिन्तकहरुको यति धेरै माया मिलेको भन्दै उनले सबैलाई धन्यबाद दिएकी छिन् । यी कुरा बताईरदा रुबीना रोकएकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर