तनहुँमा पहिलो पटक मलद्वार फाटेकी महिलाको शल्यक्रिया गर्दै चिकित्सक — OSNepal

तनहुँमा पहिलो पटक मलद्वार फाटेकी महिलाको शल्यक्रिया गर्दै चिकित्सक

LC (KTM) August 26, 2021 0

तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा बुधबार पहिलो पटक मलद्वार फाटेको महिलाको शल्यक्रिया गर्दै चिकित्सक । उपचार केन्द्रका डा रमेश घिमिरे र डा परिवर्तन बरालको टोलीले ती महिलाको सफल शल्यक्रिया गरेको हो ।

पहिराले थुनेको रघुगङ्गा नदी भरिएर बग्न थाल्यो- म्याग्दीको रघुगङ्गा गाउँपालिकाको रायखोरमा बुधबार राति खसेको पहिराले नदीको पानी थुनेकामा अहिले भरिएर बग्न थालेको छ । रायखोर र मूलपानीको बिचमा रहेको पाखो खसेर नदी थुनेकाले त्यहाँ तलाउ बनेको थियो । गाउँपालिकाको वडा नं. ६ र ७ को गौँडामुनी भन्ने ठाउँमा बुधबार थुनिएको नदी आज बिहानदेखि भरिएर बग्न थालेको स्थानीयवासी प्रदीप मगरले जानकारी दिनुभयो ।

अहिले यहाँ ५०० मिटरभन्दा लामो ताल बनेको छ । ताल फुटेमा तटीय क्षेत्रमा रहेका बस्तीमा असर पर्ने र पहिरो निरन्तर खसिरहेकाले थप जोखिम हुनसक्ने चिन्ता उहाँको थियो । धौलागिरि हिमालको फेदी हुँदै बग्ने रघुगङ्गा कालीगण्डकी नदीको सहायक नदी हो । नदी थुनिएको स्थानको वरपर अहिले जलमग्न भएको छ ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले नदी थुनिएको खबर पाउने वित्तिकै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरिएको छ भन्नुभयो । नदी थुनिएको भन्दा तल्लो क्षेत्रमा ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माणाधीन अवस्थामा छ भने नदीको तटीय क्षेत्रमा गलेश्वर बजार पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर