पशुपति मन्दिरको बागमती किनारमा दिवङ्गत बुवा–आमाको श्राद्ध गर्दै सर्वसाधारण — OSNepal

पशुपति मन्दिरको बागमती किनारमा दिवङ्गत बुवा–आमाको श्राद्ध गर्दै सर्वसाधारण

LC (KTM) August 26, 2021 0

पशुपति मन्दिरको बागमती किनारमा आफ्ना दिवङ्गत बुवा–आमाको श्राद्ध गर्दै सर्वसाधारण ।

स्मृतिमा मङ्गलादेवी सिंह : महिला अधिकारका लागि लड्ने साहसी महिला-नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहनुभएकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । स्व सिंहको जन्म विस १९८१ मा काठमाडौँमा भएको हो । विस १९९७ असारमा गणेशमान सिंहसँग विवाह भए पनि १९९७ कात्तिकमा गणेशमान सिंह प्रजापरिषद्मा लागेको भन्दै जन्मकैदको सजाय भएपछि उहाँ जहानियाँ राणा शासन विरोधी आन्दोलनमा सक्रिय हुनुभएको थियो ।

नेपाली कांग्रेसकी नेत्री सुजाता कोइराला मङ्गलादेवी महिला आन्दोलनको क्रियाशील व्यक्तित्व भएको बताउनुहुन्छ । मङ्गलादेवीको योगदानका कारण अहिले सरकार र पार्टीभित्र महिलाको एकतिहाइ अधिकार सुनिश्चित भएको उहाँको भनाइ थियो । “देशभर भएको सशस्त्र क्रान्तिमा मङ्गलादेवी, दिव्या कोइराला, सुष्मा कोइराला, नलिनी उपाध्याय, इन्दिरा आचार्य, नोना कोइरालालगायत जेल पर्दा मैले उहाँलाई जेलमा भेटेको थिए, उहाँ साहसी महिला हुनुहुन्थ्यो”, उहाँ भन्नुहुन्छ ।

मङ्गलादेवी विसं २००४ मा भूमिगत सङ्गठनका रुपमा नेपाल महिला सङ्घको स्थापना गरेर अध्यक्ष हुनुभएको थियो । विसं २००५ मा पद्मशमशेरले गरेको सुधारप्रति असन्तोष प्रकट गर्दै उहाँ जुलुस लिएर राणाको दरबार पुग्नुभएको थियो । विसं २००७ को सशस्त्र क्रान्तिमा उहाँले ठूलो भूमिका निर्वाह गर्नुभएको थियो । नेपाल महिला सङ्घकी अध्यक्ष उमा रेग्मी नेपालको प्रजातन्त्र स्थापनामा मङ्गलादेवीको ठूलो योगदान रहेको बताउनुहुन्छ । “निर्वाचनमा महिलालाई भोट दिने अधिकार, महिलालाई शिक्षा दिने अधिकार उहाँकै योगदानबाट सम्भव भएको हो”, उहाँ भन्नुहुन्छ ।

उहाँलाई विसं २०१७ मा संसदीय व्यवस्थाको अपहरण भएपछि विरोध गर्दा पक्राउ गरी पाँच वर्ष कैद गरिएको थियो । उहाँ विसं २०२५ पछि आठ वर्ष प्रवासमा रहनुभएको थियो । मङ्गलादेवी विसं २०४२ मा सत्याग्रह र विसं २०४६ को आन्दोलनमा पनि सक्रिय रहनुभएको थियो । विसं २०४८ प्रतिनिधिसभा निर्वाचनमा उहाँ पराजित हुनुभयो । उहाँले ‘नारी सङ्घर्षका पाइलाहरु’ नामक संस्मरणात्मक पुस्तकसमेत प्रकाशन गर्नुभएको छ । सिंहको निधन विसं २०५३ भदौ १० गते भएको थियो ।

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह उहाँका छोरा हुनुहुन्छ । मङ्गलादेवीको स्मृति दिवसकै अवसर पारेर आज नेपाल महिला सङ्घ केन्द्रीय समितिले धापासीस्थित केन्द्रीय कार्यालयमा रहेको प्रतिमामा माल्यार्पण गर्ने गरेको छ । यस्तै उहाँको स्मृति दिवसको अवसर पारेर देशभर नेपाल महिला सङ्घले विभिन्न कार्यक्रम गर्ने अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर