कोरोना महामारीमा अरु ब्यबस्या ठप्प हुँदा शेयरबजारमा भने ऐतिहासिक रेकर्ड ! — OSNepal

कोरोना महामारीमा अरु ब्यबस्या ठप्प हुँदा शेयरबजारमा भने ऐतिहासिक रेकर्ड !

LC (KTM) May 19, 2021 0

काठमाडौं । मंगलवार नेपालको शेयरबजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू। ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यस अघि गत माघ २६ गते रू। १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको थियो । उक्त दिनको कारोबार रकमको ऐतिहासिक रेकर्डलाई मंगलवारको कारोबारले तोडेको हो ।

कोभिडका कारण अन्य व्यावसायिक क्षेत्रहरू प्रभावित भइरहँदा त्यस क्षेत्रका व्यवसायीहरूले शेयरबजारमा लगानी बढाएकाले कारोबार रकम बढेको ब्रोकरहरू बताउँछन् । आर्थिक अभियान दैनिकमा छापिएको छ ।

विश्वव्यापी रूपमा फैलिएको कोभिडका कारण अन्य देशमा पनि शेयरबजारले गति लिइरहेकाले विदेशमा बस्ने नेपालीहरूले पनि बजार बढ्ने अपेक्षासहित लगानी गरिरहेको ब्रोकरहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर नबढ्नु र तरलता बढ्ने सम्भावना देखिनुले पनि पूँजी बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण जानकारहरूको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर