यस्तो काम गरेर लखर लखर हिडेका आठ जना युवालाई समात्न सफल भयो तनहुँ प्रहरी — OSNepal

यस्तो काम गरेर लखर लखर हिडेका आठ जना युवालाई समात्न सफल भयो तनहुँ प्रहरी

LC (KTM) August 26, 2021 0

जिल्ला अदालत तनहुँबाट सजाय तोकिएर फरार रहेका आठ प्रतिवादीलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ । लागुऔषध चरेस, जुवा, लेनदेन, सवारी ज्यानलगायत मुद्दामा फरार रहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

लागु औषध चरेश मुद्दामा गोरखा पालुङटार नगरपालिका–१ खोप्लाङ स्थायी घर भई हाल म्याग्दे गाउँपालिका–६ शेराटार बस्ने ३० वर्षीय सुरेश तामाङ दुई वर्षपछि पक्राउ परेका छन् । उनलाई जिल्ला अदालतले विसं २०७६ कात्तिक २५ गते तीन महिना कैद र पाँच हजार जरीवानाको फैसला सुनाएको थियो ।

लागुऔषध चरेश मुद्दामै सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा बस्ने २३ वर्षीय दिपक राई दुई वर्षपछि पक्राउ परेका छन् । उनलाई अदालतले विसं २०७६ कात्तिक २५ गते एक महिना कैदको फैसला सुनाएको थियो ।

यसैगरी जारी मुद्दामा विगत १३ वर्षदेखि फरार एक, जुवा मुद्दामा चार वर्षदेखि फरार एक, सार्वजनिक अपराध मुद्दामा विगत ६ वर्षदेखि फरार दुई, लेनदेन मुद्दामा फरार एक र सवारी ज्यान मुद्दामा चार वर्षदेखि फरार एक जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई आवश्यक कारवाहीका लागि आज अदालत दाखिला गरिएको छ ।
–––

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर