एकाबिहानै काठमाडौँमा भुकम्पको धक्का, कोरोनाले घरभित्र थुनिएका सर्वसाधारण आत्तिदै उठे — OSNepal

एकाबिहानै काठमाडौँमा भुकम्पको धक्का, कोरोनाले घरभित्र थुनिएका सर्वसाधारण आत्तिदै उठे

LC (KTM) May 19, 2021 0

काठमाडौँ । एकाबिहानै काठमाडौँमा भुकम्पको धक्का महशुस गरिएको छ । बिहान ५ बजेर ४५ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो । कोरोना कहरले आत्तिएका सर्वसाधारण भूकम्पको कडा धक्का जाँदा आत्तिएका छन् । यद्यप भूकम्प कति रेक्टरको गएको भन्नेबारे अहिलेसम्म केही खुलेको छैन ।

यो पनि : कोरोना संक्रमित बढेपछि ईहटरीमा थप कडाई , एक साताका लागि बैंक तथा बित्तिय संस्था समेत बन्द गर्ने निर्णय : ईटहरीमा कोरोना संक्रमणको अवस्था फैलन नदिन ईटहरी उपमहानगरपालिकाले थप कडाई गर्ने भएको छ । इटहरीका संपुर्ण बैक तथा बितिय संस्था आज देखि एक हप्ताका लागि पूर्ण रुपमा बन्द हुने भएका छन ।

इटहरी उपमहानगर प्रमुख द्धारीकलाल चौधरीको अध्यक्षतामा बसेको बैक तथा बित्तिय संस्थाका प्रतिनिधिहरुको संयुक्त बैठकले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी जेठ ३ गतेदेखि ७ गते सम्म एकहप्ता बैक तथा बित्तीय संस्थाको सम्पुर्ण कारोवार बन्द गर्ने निर्णय गरेको हो ।

सो अबधिमा एटिएम भने सञ्चालनमा रहने उपमहानगर प्रमुखको सचिवालयका महेश सुबेदिले जानकारी दिनु भयो ।साथै बैठकले इटहरी रंगशालामा रहेको आइसोलेसन सञ्चालनका लागि बित्तिय संस्थाहरु सँग सहयोगको आग्रह समेत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर