भारततको महाराष्ट्रको बुलढाणा जिल्लामा एक जड्याहाको हर्कतले पुलिस प्रशासनलाई नै होस उडाई दिएको छ । रक्सि खाएको तालमा ति जड्याहाले बीएसएनएलको टावर चढेका थिए । ३ सय फीट उचाइमा पुगे पछि उक्त जड्याहाले यस्तो हर्कत गरेका थिए कि जस्का कारण सबै हैरान भएका थिए । उनले आफ्नो गलामा तार लगाएका थिए ।
त्यसपछि उनले आफ्नो शर्ट खोलेर हावामा फन फन घुमाएका थिए । करीब साढे ४ घण्टा सम्म चलेको जड्याहाको नाटक हेर्न पुरै भिड जम्मा भएको थियो । उनले नशाको तालमा ३ सय फुट अग्लो टावरमा चढेका थिए । जब उनी यो टावरमा चढिरहेका थिए कसैले ध्यान दिएका थिएनन् । तर जब एकदमै उचाईमा पुगे अनि उनको कामीरहेको खुट्टा देखे त्यसपछि भीड जम्मा भएको थियो ।
उनलाई जम्मा भएको भीडले मुनि उत्रनको लागि कराएका थिए । तर उनले कसैको पनि कुरा सुनेका थिएनन् । यो खबर त्यहि रहेको पुलिसकोमा पुग्यो । पुलिस आउनु भन्दा अघि नै उनी टावरको टुप्पोमा पुगिसकेका थिए । उनी धेरै उचाइमा रहेका कारण उनलाई देखिएको थिएन् । त्यसपछि पुलिसले ड्रोनको माध्यमबाट हेरेको थियो ।
उनलाई त्यहाँ जम्मा भएको नगरबासीहरुले उनी मिलिन्द नगरमा रहने संजय जाधव रहेको पहिचान भएको थियो । शर्ट खोलेर हातमा लहराउँदै उनी टावरमा समातेर उभिएका थिए । उनलाई मुनि उतार्न पुलिसलाई पसीना नै छुटेको थियो । उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनको परिवारले उनलाई एकदमै चिन्तित बनाएको बताएका थिए ।