कोरोना महामारीकाबिच विद्यालय खुलाउने तयारी, अविभावकले बिद्यार्थी स्कुल पठाउलान् त ? — OSNepal

कोरोना महामारीकाबिच विद्यालय खुलाउने तयारी, अविभावकले बिद्यार्थी स्कुल पठाउलान् त ?

LC (KTM) August 25, 2021 0

तनहुँ, ९ भदौ । जिल्लाको व्यास नगरपालिकाले भदौ १३ देखि विद्यालय खुलाउने तयारी गरेको छ । विद्यालय खुलाएर प्रत्यक्ष कक्षा सञ्चालन गर्न जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

स्मार्ट लकडाउन कार्यविधि २०७८ बमोजिम भरसक अनलाइन कक्षा र अनलाइन कक्षा सञ्चालन हुन नसकेमा विद्यालय खुलाएर प्रत्यक्ष विधिबाट पठपाठन सञ्चालन गर्न कोभिड व्यवस्थापन समितिलाई सिफारिस गर्ने निर्णय मंगलबारको कार्यपालिका बैठकले गरेको व्यासका नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । ‘प्रत्यक्ष कक्षा चलाउँदा २५ जना बढी विद्यार्थी कक्षामा रहने छैनन् । स्वास्थ्यको मापदण्ड पनि पूर्ण रुपमा पालना गर्ने शर्तसहित सिफारिस गरेका छौं,’ उनले भने ।

विद्यालय खुले पनि भर्चुअल कक्षालाई समेत निरन्तरता दिइने श्रेष्ठको भनाइ छ । उनले भने, ‘विद्यार्थी आलोपालो कक्षामा उपस्थित हुनेछन् । घरमा बसेका विद्यार्थीलाई अनलाइन कक्षा पनि चल्ने छ ।’ व्यासमा सामुदायिक र निजी गरेर एक सय २० विद्यालय सञ्चालनमा छन् ।

विद्यालयलाई प्रविधिमैत्री बनाउन एक लाख रुपैयाँका दरले उपलब्ध गराउने उनले जानकारी दिए । हालसम्म नगरपालिकामा प्रस्ताव पेश गरेका ४९ विद्यालयलाई प्रविधिमैत्री बनाउन एक लाख रुपैयाँका दरले रकम उपलब्ध गराउन कार्यपालिका बैठकले निर्णय गरेको श्रेष्ठ बताउँछन् ।

नगरपालिकामा ७५ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर