भारतले धौलीगंगा बाँधका ढोका खोल्न थालेपछि महाकाली आसपासका सर्वसाधारणहरु आत्तिए — OSNepal

भारतले धौलीगंगा बाँधका ढोका खोल्न थालेपछि महाकाली आसपासका सर्वसाधारणहरु आत्तिए

LC (KTM) August 25, 2021 0

दार्चुला, ९ भदौ – भारतले धार्चुला तहशिलको छिरकिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँधका ढोकाहरु खोल्ने भएको छ । बाँधका ढोकाहरु खोलिने भएकाले महाकाली नदीमा पानीको सतह बढ्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

ड्याम सरसफाईका लागि बाँधका ढोकाहरु खोलिन लागेको जानकारी भारतको एनएचपीसी लिमिटेडले जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । एनएचपीसीले बाँध खोल्नेबारे पत्राचार गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिए ।

विहीबार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म बाँधका ढोका खोलिने उनले बताए । २०७० सालमा भारतले नेपाली पक्षलाई जानकारी नदिएर बाँधका ढोका खोल्दा दार्चुला सदरमुकाम खलंगामा बाढी आएर ठूलो क्षति पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर