सप्तरीमा खाल्डोमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु, प्रहरी घटनास्थलमा पुग्दा खेतको जमेको पानीमा डुबेकी थिइन बालिका — OSNepal

सप्तरीमा खाल्डोमा डुबेर तीन वर्षीया बालिकाको मृत्यु, प्रहरी घटनास्थलमा पुग्दा खेतको जमेको पानीमा डुबेकी थिइन बालिका

LC (KTM) August 25, 2021 0

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकास्थित इनर्वामा आज दिउँसो खाल्डोमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कङकालिनी–१० का रामलखन खङ्गको तीन वर्षीया छोरी अञ्जलीकुमारी मण्डल रहेको प्रहरीले जनाएको छ । घरदेखि २०० मिटर उत्तरमा रहेको कमल मण्डलको खेतको छेउमा खाली जग्गामा जमेको पानीमा उनी डुबेकी थिइन् ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर