संक्रमण घटेपनि घटेन मृत्यु दर, थप ४४ को मृत्यु — OSNepal

संक्रमण घटेपनि घटेन मृत्यु दर, थप ४४ को मृत्यु

LC (KTM) August 25, 2021 0

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार आज ५ हजार २९० परीक्षण भएकामा २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अबधीमा १ हजार ७८१ जनाले कोरोना जितेको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोना संक्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ ।

बितेको २४ घण्टा र नेपाली सेनाले केही दिनको बीचमा शव व्यवस्थापन गरेको विवरणसमेत गरेर थप ४४ जनाले कोरोनाबाट ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ ।

यस्तै काठमाडौंमा ५१५ जना सहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।हालसम्म पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ५२ हजार ८६३ जना र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८१ हजार ५८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर