स्रोत नखुलेको यति मोटो रकमसहित कपन बस्ने त्रिपाठीसहित तिन जना पक्राउ — OSNepal

स्रोत नखुलेको यति मोटो रकमसहित कपन बस्ने त्रिपाठीसहित तिन जना पक्राउ

LC (KTM) August 25, 2021 0

काठमाडौं ९ भदौ । स्रोत नखुलेको ८५ लाख ५६ हजार सहित प्रहरीले तिन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा उपमहानगरपालिका २ घर भएका ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका २४ फसिकेस्थित होलिडे ट्रेडिङ प्राईभेट लिमिटेडका संचालक रिन्कु भन्ने अभिशेक अग्रवाल र सोही लिमिटेडमा काम गर्ने काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका १३ घर भएका ३६ वर्षीय मधुसूदन त्रिपाठी रहेका छन् ।

पक्राउ परेका मध्ये पौडेललाई महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका २२ खिचापोखरीबाट नगद ३१ लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।

पक्राउ परका पौडेलसँगको अनुशन्धानमा उक्त रकम उनलाई अग्रवालले खुलासा भएपछि अग्रवालले सञ्चालन गर्दै आएका होलिडे ट्रेडिङ प्राईभेट लिमिटेडमा प्रहरीले खनतलासी गर्दा थप ५४ लाख ५६ हजार रुपैयाँ फेला परेको हो ।

उनीहरुलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोक पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर