समृद्ध को मुख्य भाग सडक : नेता घिमिरे — OSNepal

समृद्ध को मुख्य भाग सडक : नेता घिमिरे

LC (KTM) August 25, 2021 0

काठमाडौं ।लुम्बिनी प्रदेशसभा सदस्य तथा अर्घाखाँचीका एमाले नेता रामजीप्रसाद घिमिरेले जिल्ला समृद्ध को मुख्य भाग सडक भएको बताएका छ्न। पाँच जिल्लाका सडक जोड्ने क्रम तिव्र चलिरहेको बताएका हुन ।

सन्धिखर्क एक कार्यक्रम बीच नेता घिमिरेले जिल्ला समृद्ध को मुख्य भाग सडक भएको ले रामपुर–कपुरकोट सड्कले पाल्पाको रामपुरबाट, अर्घाखाँची सदरमुकाम सन्धिखर्क हुँदै प्युठान, रोल्पा र सल्यानको कपुरकोट जोड्ने बताएका हुन ।

लुम्बिनी प्रदेशको गौरवको बहुवर्षीय आयोजना अन्तरगत सड्क निर्माण कार्य ले तिव्रता पाएको बताए । पहाडका सडक ले कृषि पर्यटन प्रवद्धनमा वृद्धि लयाउने बेरोजगार युवालाई आत्मनिर्भर बनाएर जिल्लासमृद्ध बनाउने दीर्घकालीन योजना रहेको बताए । सन्धिखर्क–पकले–चुजाठाँटी १८ किमी दुरीको काम पनि अन्तिम चरणमा रहेको नेता घिमिरे ले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर