पाँच वर्षीया बालकको सौतेनी आमाले गरिन् घाँटी थिची हत्या — OSNepal

पाँच वर्षीया बालकको सौतेनी आमाले गरिन् घाँटी थिची हत्या

LC (KTM) August 25, 2021 0

महोत्तरी ९ भदौ । पाँच वर्षीय छोराको हत्या गरेको अभियोगमा एक महिलालाई महोत्तरी जिल्ला अदालतले जेल चलान गरेको छ ।

जिल्लाको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवीले छोरा ५ वर्षीय रितेश यादवको घाँटी थिची हत्या गरेको खुल्न आएकोले उनलाई लाई हत्या पुर्पक्षका लागि जलेश्वर कारागारमा चलान गरिएको हो ।

मृतक बालकका बुबालई भने साधारण तारेखमा छोडिएको छ । जेठी पत्नी हुँदा हुँदै कान्छी भित्राएपछि बालका बुबा चन्द्रकिशोरलाई जेठी श्रीमतीले ५ वर्षीय र अढाई वर्षीय आफ्ना दुई सन्तान (छोरा) लाई पतिकै जिम्मालगाई माइत बस्दै आएकी थिइन् ।

सौतेनी आमाले गत साउन १४ गते बाललको हत्या गरी फरार भएकी थिइन् । तर घटना भएकै दिन प्रहरीले बुबालाई महोत्तरीबाटै र सौतेनी आमालाई धनुषाबाट पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर