ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा यी १४ सांसदको हस्ताक्षर — OSNepal

ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालमा यी १४ सांसदको हस्ताक्षर

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । दल सनाखतको लागि निवार्चन आयोगले बोलाएको महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल १४ सांसदले हस्ताक्षर गरेका छन् ।

कांग्रेस नेतृत्व सरकारले कुल संख्याको २० प्रतिशत केन्द्रीय समिति वा सांसद भए दल विभाजन गर्न सकिने अध्यादेश जारी भएसँगै जसपाबाट फुटेको ठाकुर पक्षले नयाा दलको लाष् िआयोगमा निवेनद दिएको थियो ।

जसले गर्दा अब १४ जना सांसदको हस्ताक्षरसहित लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल दर्ता हुने निश्चित भएको छ ।

१४ जना हस्ताक्षर गर्नेमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, निर्जला राउत, विमलप्रसाद श्रीवास्तव, उमाशंकर, एकवाल मियाँ, चन्द्रकान्त चौधरी, दुलारीदेवी खँग खत्वे, कल्लुदेवी विश्वकर्मा, शेखरकुमार सिंह रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर