नेपालसँग भएका सांसदको संख्याका आधारमा अध्यादेश ल्याएको भए हुन्थ्यो, किन २० प्रतिशत तोकेको ? :ओली — OSNepal

नेपालसँग भएका सांसदको संख्याका आधारमा अध्यादेश ल्याएको भए हुन्थ्यो, किन २० प्रतिशत तोकेको ? :ओली

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्गिप्रसाद सापकोटालाई लक्षित गर्दै दाँत टाल्न गएको भन्दै आलोचना गरेका छन् ।

पत्रकार सम्मेलनमा ओलीले ‘उहाँले सुनेको नसुनेको जस्तै गरी दाँत टाल्न जानु भयो, किन एमालेले कारबाही गरेकोबारेमा सुनेको नसुने जस्तै गर्नु भयो, भन्दै प्रश्न गरेका छन् ।

घरबाट मान्छे थुतेर रिर्सोट नामक डाँडामा लगेर राख्दैमा लोकतन्त्रको रक्षा नहुने भन्दै ओलीले आफ्नो घर जलाएर खरानी बेच्दैमा शहर नबन्ने भन्दै माधव नेपालमाथि टिप्पणी गरेका छन् ।

अध्यादेश ल्याएको विषयमा ओलीले नेपालको पक्षमा भएको सांसदको आधारमा अध्यादेश ल्याएको भए हुन्थ्यो किन २० प्रतिशत तोकेको भन्दै गठवन्धन सरकारको आलोचना गरेका छन् ।

‘नेकपा एमाले पार्टी फुटाउनु देशका लागि हो ? प्रतिपक्षी पार्टी फुटाउनु नैतिक कार्य होइन, यो गैर जिम्मेवारी र अनैतिक कार्य हो ?’ ओलीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर