...यसो भन्दै अध्यक्ष ओलीले मागे माफी — OSNepal

…यसो भन्दै अध्यक्ष ओलीले मागे माफी

LC (KTM) August 25, 2021 0

काठमाडौं ९ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले पार्टी नफुटोस भनेर माधव नेपालसहित १४ जना सांसदलाई कारवाही गरेको बताएका छन् ।

आज पत्रकार सम्मेलन गर्दै अध्यक्ष ओलीले घरबाट मान्छे थुतेर रिर्सोट नामक डाँडामा लगेर राख्दैमा लोकतन्त्रको रक्षा नहुने भन्दै यस्तो प्रतिक्रिया दिएका हुन् ।

माधव नेपाललाई लक्षित गर्दै अध्यक्ष ओलीले अध्यक्ष हुनेको लागि भुँईका मान्छेहरूको बैठक बसेको छ यो कस्तो बैठक हो ? भन्दै प्रश्न गरेका छन् ।

आफु अनुकुलको नेर्तत्व हस्तान्तरण गर्न उचित समय आउनु पर्ने बताएका ओलीले एमालेलाई फुटाउन सभामुखदेखि आयोगसम्मले गिजोल्ने कामबाहेक केही गर्न नसकेको आरोप लगाएका छन् ।

पार्टीलाई समयमै शिर्ष स्थानमा पुर्याएपनि जोगाउन नसकेकोमा ओलीले पत्रकार सम्मेलनमा नै माफी मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर