एमाले विभाजन गर्न मध्यराति संसद् अधिवेशन अन्त्य गरियो : केपी ओली — OSNepal

एमाले विभाजन गर्न मध्यराति संसद् अधिवेशन अन्त्य गरियो : केपी ओली

LC (KTM) August 25, 2021 0

काठमाडौं, ९ भदौ- एमाले अध्यक्ष केपी ओलीले आफ्नो पार्टी विभाजन गर्न मध्यराति संसद्को अधिवेशन अन्त्य गरेर अध्यादेश जारी गरिएको आरोप लगाएका छन् । पार्टी विभाजनपछि पहिलोपटक पत्रकार सम्मेलन गरेर ओलीले आफ्नो पार्टी एमाले विभाजन गर्ने गरी अचानक मध्यरातिबाट संसद्को अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेको आरोप लगाए ।

तर, उक्त अध्यादेशले आफ्नै पार्टीमा पहिरो जाने त्रासमा सत्तारुढ गठबन्धनमा आवद्ध दलहरु रहेका र फेरि उनीहरुले सो अध्यादेशलाई सच्याउने ओलीको भनाइ छ ।अनुचित ढंग र कार्यबाट प्रतिपक्षी दल एमाले फुटाउने कार्यमा सरकार लागेको उनको आरोप छ ।

अध्यादेश जारी भएपछि एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । साथै, महन्थ ठाकुरले पनि लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । दुवै दल दर्ताका लागि आयोगले अहिले धमाधम सनाखत गराइरहेकाे छ । यदि दुवै दलले केन्द्रीय सदस्य र संसदीय दलमा २०/२० प्रतिशत जुटाउन सके भने नयाँ दलको प्रमाणपत्र पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर