काठमाडौँ ९ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुख अग्नि प्रसाद सापकोटाको कार्यकक्षमा पुगेका छन् । माधव नेपालसहित जना सांसदलाई गरिएको कारवाही गरेको पत्र पठाउँदा पनि किन कारवाही नगरेको भन्दै सापकोटाको कार्यकक्षमा पुगेका हुन् ।
हिजो मात्र दातको उपचार गरेर घरमा नै आराम गरिहेका सापकोटाको कार्यकक्षमा एमालेका खगराज अधिकारी, शान्ता चौधरी, सूर्य पाठक, विद्या भट्टराई लगायतका नेताहरु पुगेका छन् ।
नेपालसहित १४ जनालाई कारवाही नगरेको भन्दै अध्यक्ष केपी ओली सभामुख सापकोटालाई पद छोड्न समेत भनिसकेका छन् । आज नेपाल समुह भने नयाँ दल सनाखत गर्नको लागि निवार्चन अयोग पुगेका छन् ।