भारतमा भेटिएको ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखियो — OSNepal

भारतमा भेटिएको ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखियो

LC (KTM) May 18, 2021 0

काठमाडौँ ४ जेठ । नेपालमा थप दुई नयाँ भेरियन्टको कोभिड- १९ कोरोना भाइरसको संक्रमण फेला परेको छ । सबै उमेर समुहमा देखा परेको र धेरै संक्रामक र जोखिमपूर्ण रहेको पनि एक अध्ययनले देखाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

३५ वटा नमूना परीक्षण गरिएकोमध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा कोरोनाका भेरियन्ट फेला परेको मन्त्रालयले जनाएको हो ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण माहाशाखाले दिएको जानकारी अनुसार भारतमा भेटिएको ‘डबल’ र ‘ट्रिपल म्युटेन्ट’ कोरोना भाइरसको प्रकार नेपालमा पनि फेला परेको छ ।

पछिल्लो समय नेपालमा संक्रमण र मृत्युदर फैलिनु पनि नयाँ भेरियन्टक असर रहेको अध्ययले देखाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर