आफ्नो पक्षमा १५ जना सांसद भएको भन्दै ठाकुर पक्ष पुग्यो निवार्चन आयोग — OSNepal

आफ्नो पक्षमा १५ जना सांसद भएको भन्दै ठाकुर पक्ष पुग्यो निवार्चन आयोग

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । प्रस्तावित दलको सनाखत गर्न नेता महन्थ ठाकुर पक्ष निवार्चन आयोग पुगेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले दल विभाजन सम्बन्धि अध्यादेश ल्याउपछि जसपाबाट फुटेर नयाँ दल दर्ताको लागि निवार्चन आयोग पुगेका ठाकुर आज पार्टीको सनाखत गर्न आयोग पुगेका हुन् ।

त्यस्तै, माधव नेपाल समुह पनि दलको सनाखत गर्न आयोग पुगिसकेको छ । ठाकुरले दिएको जानकारी अनुसार सनाखतका लागि रेशम चौधरीसहित करिब १५ जना सांसद आफ्नो पक्षमा बताइएको छ ।

ठाकुरको नेतृत्वमा दर्ता हुन लागेको नयाँ दलको नाम भने लोकतान्त्रिक समाजवादी पार्टी हुने भएको छ । ठाकुर पक्षमा १५ जना सांसद र १ जना केन्द्रीय सदस्य रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर