माधवपछि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुग्यो ठाकुर समूह पनि — OSNepal

माधवपछि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुग्यो ठाकुर समूह पनि

LC (KTM) August 25, 2021 0

काठमाडौं, ९ भदौ – महन्थ ठाकुर समूहका नेताहरु पनि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

दल दर्ता प्रक्रियाका लागि बुधबार आयोगले सनाखत गर्न ठाकुर समूहका नेताहरुलाई बोलाएको हो । सोही कारण अहिले प्रस्तावित लोसपाका नेताहरु सनाखत गर्न आयोगको कार्यालयमा पुगेका छन् ।

यसैबीच एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । उनीहरु पनि अहिले सनाखतका लागि आयोगमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर