ओलीसँगको टकरावले ६९ वर्षमा नयाँ पार्टी खोल्दै माधव, कस्तो बन्ला माधवको नयाँ पार्टी ? — OSNepal

ओलीसँगको टकरावले ६९ वर्षमा नयाँ पार्टी खोल्दै माधव, कस्तो बन्ला माधवको नयाँ पार्टी ?

LC (KTM) August 25, 2021 0

काठमाडौं, ९ भदौ । एमालेको १५ वर्ष नेतृत्व गरेका माधवकुमार नेपाल आज नयाँ दल दर्ता गर्न निर्वाचन आयोग पुगेका छन् । झन्डै पाँच दशक माले हुँदै एमालेमा जीवन बिताएका नेता नेपाल अहिले ६९ वर्षका भए । यो उमेरमा आएर उनले फेरि शून्यबाट नयाँ पार्टी गठन गरेका हुन् ।

एकपटक मुलुकको नेतृत्व र १५ वर्ष महासचिवको हैसियतमा एमालेको नेतृत्व सम्हालेका माधव नेपाल आजदेखि औपचारिक रूपमा नेकपा एकीकृत समाजवादी पार्टीको अध्यक्ष बन्ने भएका छन् । एमाले बनाउन हिजो उनलाई साथ दिने झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल अहिले पनि उनकै साथमा छन् ।

एकीकृत समाजवादी पार्टी चलाउन नेपाललाई तेस्रो पुस्ताका रामकुमारी झाँक्री, विजय पौडेल, राजेन्द्र राईलगायतको दह्रो साथ र सहयोग रहँदै आएको छ । यिनै नेताहरूको बलमा नेपालले अब एकीकृत समाजवादी पार्टीको रथ हाँक्ने छन् ।

हिजोसम्म उनलाई साथ र सहयोग गर्ने अमृतकुमार बोहरा, अष्टलक्ष्मी शाक्य, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, युवराज ज्ञवाली, रघुजी पन्त, भीम आचार्य, गोकर्ण विष्ट एमालेमै फर्केका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर